कृषि

कालीमाटीमा भारतीय गोलभेँडाको मुल्य ६५, नेपालीको २६ मात्रै, अरु तरकारीको कति ?

३० चैत, कठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज केही तरकारीको मूल्य थोरै घटबढ् हुँदा धेरैजसो तरकारी भने हिजोअस्तीकै भाउमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २६, रातो आलु २०, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ५०, लाम्चो भन्टा ६०, डल्ले भन्टा ७५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ११०, करेला ९७, लौका ५५, घिरौँला ५५, परबल ९०, हरियो डल्ले फर्सी ५०, पाकेको फर्सी ५५, भिन्डी ९३, कन्य च्याउ २३५, डल्ले च्याउ ३७५, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ८५, चुकन्दर ५१ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २४, रातो आलु २०, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २२, लोकल बन्दा २८, स्थानीय काउली ४८, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ११०, करेला ८८, लौका ५५, घिरौँला ५०, परबल १०५, हरियो डल्ले फर्सी ३७, पाकेको फर्सी ५५, भिन्डी ९०, कन्य च्याउ २५०, डल्ले च्याउ ३८०, कुरिलो ३८३, न्यूरो ७५, ब्रोकाउली ७०, चुकन्दर ५५ रुपैयाँ प्रतिकिलो थियो।