आर्थिक

पक्राउ हल्लाबीच शेखर गोल्छा भन्छन् : कार्यालयमा बसेर काम गरिरहेको छु

१० बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले आफू पक्राउ परेको सम्बन्धमा गलत हल्ला फैलाइएको बताएका छन् ।

उनले भने, “म मेरो कार्यालयमा बसेर काम गरिरहेको छु । पक्राउको हल्ला कसरी कहाँबाट फैलियो जानकारी भएन ।”

गोल्छा पक्राउ परेको सामाजिक सञ्जालमा हल्ला फैलिएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।