कृषि

कालीमाटीमा लौकाको भाउ किलोमा ३५ रुपैयाँ घट्यो, काउली महँगियो

१२ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा केही तरकारीको भाउ थोरै घटबढ् हुँदा कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७७, सानो लोकल गोलभेँडा ४८, रातो आलु २२, भारतीय आलु २४, भारतीय सुकेको प्याज ३४, तराईको गाँजर २२, लोकल बन्दा ४५, स्थानीय काउली ३५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ३८, लौका १५, घिरौँला ३५, लोकल परबल ७५, हरियो डल्ले फर्सी २३, पाकेको फर्सी ५७, भिन्डी ७०, कन्य च्याउ २३५, डल्ले च्याउ ३२५, कुरिलो ४००, न्यूरो ७५ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७७, सानो लोकल गोलभेँडा ५१, रातो आलु २२, भारतीय आलु २४, भारतीय सुकेको प्याज ३४, तराईको गाँजर २२, लोकल बन्दा ४५, स्थानीय काउली २८, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ३८, लौका ५१, घिरौँला २५, लोकल परबल ७७, हरियो डल्ले फर्सी २२, पाकेको फर्सी ५७, भिन्डी ६३, कन्य च्याउ २२२, डल्ले च्याउ ३२५, कुरिलो ४००, न्यूरो ७५ रुपैयाँ प्रतिकिलो थियो ।