उर्जा

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ: मन्त्री श्रेष्ठ

२३ वैशाख, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणजस्ता सेवाको स्तरोन्नति गरिने बताएको छ ।

उनले आज जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमन गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले विभागको वस्तुस्थितिका बारेमा अवलोकन पनि गरेका थिए ।

उनलाई विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराएका थिए । उनले विभागको पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।