राजनीति

विगतको लुट वर्तमानमा झुट नबनोस् : चन्द्र भण्डारी

२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत एक गम्भीर र आत्म-समीक्षात्मक स्टाटस सार्वजनिक गरेका छन् ।

उनले आफ्नो विगतलाई आत्मसमिक्षा भन्दा बाहिरी संघर्षको लत मै अल्झिएको भन्दै जीवन अधुरो रहेको स्वीकार गरेका छन्।

भण्डारीले मनभित्र विषवृक्ष पालेर अमृत खोजेझैुं अनुभवविनाको अनुभूति सत्यदेखि टाढा हुने बताए।

उनले सधैं आक्रोश बोकेर भविष्य बदलिने नभई ुहेर्ने, सोच्ने र मनन गर्ने तरिका बदल्नु आवश्यकु रहेकोमा जोड दिएका छन् ।

उनले वर्तमान राजनीतिक अवस्थाप्रति कटाक्ष गर्दै विगतको लुट वर्तमानमा झुट नबनोस् !!! भन्दै गम्भीर चेतावनी समेत दिएका छन्।

उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको शुद्धीकरण र समग्र राजनीतिक चिन्ताका रूपमा हेरिएको छ।