राजनीति

नेपाल महिला संघको नेतृत्वमा मीना खरेल

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन् । कांग्रेस सभापति गगन थापाले चितवनकी खरेललाई संघको नयाँ नेतृत्वको जिम्मेवारी दिएका हुन् ।

नवनियुक्त खरेलले गत प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चुनाव लडेकी थिइन् । असहाय महिला तथा बालबालिकाको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएकी खरेललाई निर्धारित समयभित्र महिला संघको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारीसमेत दिइएको छ ।

नेपाल महिला संघमा २०७३ सालयता नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । यसअघि उषा मिश्र नेतृत्वको समितिले पनि महाधिवेशन गराउन नसकेको अवस्थामा खरेललाई संगठन पुनः सक्रिय बनाउने चुनौती रहेको छ ।