१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले कांग्रेस विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा (४) अनुसार श्रेष्ठलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिएका हुन् ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको जानकारीअनुसार श्रेष्ठ यसअघि पनि शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा कांग्रेसको कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।





