समाचार

कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत, काे-काे हुन् ?

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेका छन् ।

पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा ३८ को उपधारा (१) बमोजिम केन्द्रीय सदस्य भरत शाहको संयोजकत्वमा गठित समितिमा दिलिप ढुंगाना, रमेश नेपाल र पदम भट्टराईलाई मनोनयन गरिएको हो ।

मनोनयन गरिएका सदस्यमध्ये ढुंगाना धनुषाका, नेपाल भक्तपुरका तथा भट्टराई गुल्मीका हुन् ।