सामाजिक सञ्जाल

चन्द्र भण्डारीको चेतावनी : देशको अवस्था डरलाग्दो छ

५जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विश्व बैंकको तथ्याङ्क उद्धृत गर्दै नेपालको युवा पलायनप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

विश्व बैंकका निर्देशक डेभिड सिसलेनका अनुसार बितेका २१ महिनामा १२ लाख नेपालीले देश छाडेका छन्।

यही क्रम जारी रहे आगामी चार वर्षमा काठमाडौंको कुल जनसंख्या बराबरको मानिस बाहिरिन सक्ने भन्दै भण्डारीले नेतृत्वलाई सचेत गराउनुभएको छ।

मुलुक अहिले आमाले बच्चा जन्माउँदा सहने पीडा जस्तै कठिन अवस्थामा रहेको उल्लेख गर्दै उहाँले जिम्मेवार पक्षलाई बिचौलियाको स्वार्थभन्दा देश र जनताको भविष्य रोज्न आग्रह गर्नुभएको छ।

आँट भएका नेताहरूका लागि यो अमर बन्ने अवसर भएको भन्दै उहाँले तत्काल सुधारका कदम चाल्न आह्वान गर्नुभएको छ।