समाचार

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, इजलास सञ्चालन नहुने

७ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएकाले आज शोक बिदा दिइएको छ ।

शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालतका पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए।

प्रधानको ९७ वर्षको उमेरमा बुधबार (जेठ ६) निधन भएको थियो ।