७ जेठ, काठमाडौं । स्वतन्त्र संासद महावीर पुनले बाँदर नियन्त्रण गर्न सजिलो नभएको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा उनले बाँदर नियन्त्रण गर्ने प्रविधि अहिलेसम्म नपाएको बताए । सांसद पुनले सरकारले बाँदर नियन्त्रणको टिम गठन गर्दै गरेको त्यसमा आफूलाई पनि राख्न उनले आग्रह गरे ।
‘रकेट बनाउन सजिलो छ । रकेट बनाउने टेक्नोलोजी छ । तर बाँदरलाई भगाउने टेक्नोलोजी संसारभर छैन । मैले खोजेकै हो छँदै छैन । यसको लागि पाँच–सात करोड कति हुन्छ अनुसन्धानको लागि छुट्याउनुपर्छ,’ उनले भने।





