७ जेठ, काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलको विरोधका बिच पनि संसद् सञ्चालन गरिरहेका छन् ।
सभामुख डोल प्रसाद अर्यालले पटक पटक प्रधानमन्त्री बालेन शाहलाई संसद्मा जवाफ दिन माग गरेका विपक्षीको विरोधका बिच पनि संसद् बैठक सुचारु गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहलाई भेट्न केही बेर अगाडी गएका सभामुख अर्याल संसद् बैठक फर्किएपछि विरोध जारी रहँदासमेत बैठक सुचारु गरेका छन् ।
विपक्षी दलको माग प्रधानमन्त्री बालेन शाहले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्छ भन्ने रहेको छ ।





