१० जेठ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ १३ गतेका लागि बोलाइएको छ ।
प्रतिष्ठानको दोस्रो बैठकमा तय गरिएको उपसमिति संयोजकहरूले अवधारणापत्र प्रस्तुत गर्ने मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
यस्तै उपसमिति संयोजकको जिम्मेवारी तय, प्रदेशस्तरीय कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने उनले बताए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।





