१४ जेठ, काठमाडौँ । अमेरिकाले इरानको बन्दर अब्बासस्थित सैन्य स्थलमा नयाँ हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हर्मुज जलडमरूमध्य आसपास खतरा उत्पन्न गरेका इरानी चार ड्रोन खसालिएको र पाँचौं ड्रोन प्रक्षेपणको तयारी भइरहेका बेला हमला गरिएको जनाएको छ।
इरानले यसलाई युद्धविरामको गम्भीर उल्लंघन भन्दै विरोध गरेको छ। पछिल्ला हमलाले अमेरिका–इरानबीचको तनाव पुनः बढेको छ भने हर्मुज जलडमरूमध्यमा जहाज आवागमन र विश्व ऊर्जा बजारमा असर परेको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताबाट अमेरिका अझै सन्तुष्ट नभएको बताएका छन्। उनले आवश्यक परे थप सैन्य कारबाही गर्न सकिने चेतावनी पनि दिएका छन्।





