अन्तर्राष्ट्रिय

ट्रम्प र तेहरानबीच सहमति सम्भव छ त ?

१४ जेठ, काठमाडौं । अमेरिका र इरानबीच सात हप्ताभन्दा बढी समयदेखि युद्धविराम कायम रहे पनि दुवै पक्षबीच तनाव पूर्ण रूपमा साम्य भएको छैन। हालै भएका सीमित सैन्य कारबाही र प्रतिकारात्मक कदमबीच कूटनीतिक वार्ता जारी रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताप्रति अझै सन्तुष्ट नभएको बताएका छन् भने इरानले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितमा कुनै सम्झौता नगर्ने संकेत दिएको छ।

दुवै देशबीच परमाणु कार्यक्रम, होर्मुज जलडमरूमध्यको व्यवस्थापन तथा प्रतिबन्ध हटाउने विषयमा मतभेद कायम रहे पनि तत्काल पुनः पूर्ण युद्धमा फर्किने संकेत देखिएको छैन। -BBC