१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभा बैठकमा पुगेका छन्।
यसपटक बजेट पुस्तिका राख्न छुट्टै झोला प्रयोग नगरिएको छ। बजेट पुस्तिका नेपाल सरकारको निशान छाप अंकित सरकारी फाइलमा राखेर संसद भवनमा ल्याइएको हो।
विगतका वर्षहरूमा अर्थमन्त्रीहरूले बजेट प्रस्तुत गर्दा विशेष डिजाइनका झोला प्रयोग गर्ने प्रचलन रहेको थियो। यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्न नेपालमै निर्मित करिब दुई हजार पाँच सय रुपैयाँ मूल्यको झोला प्रयोग गरेका थिए।
यसपटक भने अर्थमन्त्री वाग्लेले झोलाको सट्टा सरकारी फाइल प्रयोग गर्दै बजेट प्रस्तुत गर्न लागेका छन्।





