आर्थिक

भन्सार संरचना सरल, सयौं वस्तुमा अन्तःशुल्क हटाइयो

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत भन्सार र कर प्रणालीलाई थप सरल बनाउने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको जानकारी दिए। साथै, २७३ वस्तुमा भन्सार महसुल घटाइएको र ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा हटाइएको उनले बताए।

सरकारले भन्सार नाकामा संकलन हुने विभिन्न करलाई एकीकृत गर्दै हरित कर प्रणाली लागू गर्ने व्यवस्था पनि गरेको छ।