आर्थिक

‘भिजन काठमाडौं–२०४०’ कार्यान्वयनमा लैजाने

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको दीर्घकालीन विकासका लागि तयार गरिएको ‘भिजन काठमाडौं–२०४०’ योजना कार्यान्वयनमा लैजाने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शहरी पूर्वाधार र यातायात सुधारलाई केन्द्रमा राखेर अण्डरपास, ओभरपास, भूमिगत विद्युत् प्रसारण प्रणाली तथा सार्वजनिक खुला क्षेत्रको विकास गरिने बताए।

बजेटमार्फत काठमाडौंमा विद्युतीय सार्वजनिक बससहित स्मार्ट शहरी यातायात प्रणाली विस्तार गर्ने तथा पोखराको सार्वजनिक यातायातलाई पनि क्रमशः विद्युतीय बसमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरिएको छ।