१५ जेठ, काठमाडौं । सरकारले विदेशी विनिमय सञ्चितिको एक हिस्सा ‘सोभरिन वेल्थ फन्ड’ स्थापना गरी विकास तथा लगानीका क्षेत्रमा परिचालन गर्ने नीति लिएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी मुद्रा सञ्चिति पर्याप्त र सहज अवस्थामा पुगेपछि उक्त फन्डमार्फत स्रोत परिचालन गरिने जानकारी दिए।
सरकारले यस कदमलाई दीर्घकालीन लगानी र आर्थिक विकासका लागि उपयोग गर्ने लक्ष्य राखेको छ।





