आर्थिक

सरकारको योजना: १ हजार किमि सडक कालोपत्रे, २०० पुल निर्माण

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २०० वटा सडक पुल निर्माण गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा विस्तार गरिने जानकारी दिए। यसका लागि ठूलो बजेट विनियोजन गरिएको छ।

त्यसैगरी द्रुतमार्ग, हुलाकी, कर्णाली र मध्यपहाडी लोकमार्गका लागि पनि अर्बौं रुपैयाँ बजेट छुट्याइएको छ।