१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सेयर र घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर वृद्धि गरेको छ। अब सेयर र घरजग्गामा ७.५ देखि १० प्रतिशतसम्म कर तिर्नुपर्ने भएको छ, जुन पहिले ५ र ७.५ प्रतिशत थियो।
नयाँ व्यवस्था अनुसार छोटो अवधि सेयर होल्ड गर्नेले बढी कर तिर्नुपर्नेछ। सरकारले सेयर कारोबारको लाभकरलाई अन्तिम घोषणा गरे पनि घरजग्गा कारोबारमा भने यो व्यवस्था परिवर्तन हुन सक्ने जनाएको छ।





