१६ जेठ, काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बजेटका राम्रा पक्षहरू भए पनि त्यसको मुख्य समस्या कार्यान्वयनमा रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकार र शिक्षित नेतृत्वले देशको यथार्थ बुझ्नुपर्नेमा जोड दिएका हुन्।
नेता भण्डारीले अबको समय समाजको अन्तिम पंक्तिमा रहेका, निम्न आय भएका र सीमान्तकृत वर्गका नागरिकको पीडा सुन्ने बेला आएको उल्लेख गरेका छन्।
साथै, उनले विदेशिएका युवाहरूको आवश्यकतालाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने माग समेत गरेका छन्।
उनले वसुधैव कुटुम्बकम् जय नेपाल लेख्दै उनले मानवता र राष्ट्रियताको भावनालाई जोड दिएका छन्।
उनको यो स्ट्याटसले बजेट कार्यान्वयन र जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराएको छ।






