समाचार

क्यासिनो सञ्चालन शुल्क बढाइयो

जेठ १६, काठमाडौं । सरकारले आर्थिक विधेयकमार्फत क्यासिनो सञ्चालनमा लाग्ने वार्षिक रोयल्टीमा वृद्धि गरेको छ।

नयाँ व्यवस्था अनुसार नेपालमा क्यासिनो सञ्चालन गर्न इजाजत प्राप्त व्यक्ति वा संस्थाले तिर्नुपर्ने वार्षिक रोयल्टी ५ करोड रुपैयाँबाट बढाएर ५ करोड ५० लाख रुपैयाँ पु¥याइएको छ ।

त्यस्तै, आधुनिक मेसिन वा उपकरणको माध्यमबाट सञ्चालन हुने क्यासिनो खेलका लागि हाल कायम १ करोड ५० लाख रुपैयाँको रोयल्टीलाई बढाएर ३ करोड रुपैयाँ तोकिएको छ ।

सरकारले यसैबीच भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका क्यासिनो व्यवसायलाई राहतस्वरूप सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शुल्क छुट दिने निर्णय पनि गरेको छ ।

आर्थिक विधेयकमार्फत गरिएको यस संशोधनले क्यासिनो क्षेत्रको कर संरचना पुनःसमायोजन गरेको देखिन्छ ।