समाचार

बजेटबारे थप प्रष्ट्याउन अर्थमन्त्रीको पत्रकार सम्मेलन

१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे थप जानकारी तथा स्पष्टता दिन पत्रकार सम्मेलन आयोजना गरेका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले बजेटका प्राथमिकता, कार्यान्वयन रणनीति तथा विभिन्न क्षेत्रका लागि विनियोजित कार्यक्रमबारे जानकारी दिइरहेका छन्।

सरकारले गत शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि विभिन्न पक्षबाट उठेका जिज्ञासा र चासोलाई सम्बोधन गर्न पत्रकार सम्मेलन आयोजना गरिएको मन्त्रालयले जनाएको छ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले बजेटका प्रमुख कार्यक्रम, राजस्व संकलनको लक्ष्य, विकास खर्चको व्यवस्थापन तथा निजी क्षेत्रसँग सम्बन्धित विषयमा प्रश्न उठाइरहेका छन्। अर्थमन्त्री वाग्लेले बजेटले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल बढाउने लक्ष्य लिएको बताएका छन्।

पत्रकार सम्मेलन जारी रहेकाले थप विवरण आउन बाँकी छ।