सामाजिक सञ्जाल

बालेनको नेपालले भारतको भूमी मिचेको भन्दै सदनमा दिएको अभिव्यक्ति अति नै आपत्तीजनक: डा आचार्य

१७ जेठ, काठमाडौं । संविधानविद डा भिमार्जुन आचार्यले नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गंभीर भएको बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेख्दै सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ भन्दै प्रधानमन्त्री शाहको अभिब्यक्तीको कडा बिरोध गरेका छन् ।

उनको भनाई जस्ताको तस्तैः

नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गंभीर छ । दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझैं चिन्ताजनक छ । आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन । यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ ।