१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लिङ्देनले सीमा जस्तो संवेदनशील विषयमा संसदको रोस्ट्रमबाट गरिएको प्रस्तुति आपत्तिजनक रहेको बताएका छन्। उनले भारतद्वारा नेपाली भूभागमा अतिक्रमणको विषय नयाँ नभए पनि प्रधानमन्त्रीले अप्रमाणित अभिव्यक्ति दिँदै नेपालले भारतको भूभागमा अतिक्रमण गरेको दाबी गर्नु पूर्णतः अनुपयुक्त भएको उल्लेख गरेका छन्।
लिङ्देनले उक्त विषयमा प्रधानमन्त्री र नेपाल सरकारले तथ्यहरू स्पष्ट पार्नुपर्ने माग गरेका छन्। साथै, सीमा सम्बन्धी विवादमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक अडान पनि सार्वजनिक गरिनुपर्ने बताएका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला राप्रपाले सरकारसँग यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेको हो।





