१७ जेठ, काठमाडौं । विशेष अदालतले सुन तस्करीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतको इजलासले महरामाथि विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा सहयोग गरेको आरोप सम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइपछि धरौटीमा छाड्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन तस्करी प्रकरणमा महरा, उनका छोरा राहुल महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार भेपभित्र लुकाएर ल्याइएको सुन तस्करीमा संलग्न समूहलाई सहयोग पुगेको आशंकामा मुद्दा दायर गरिएको हो।
अख्तियारले भन्सार जाँच प्रक्रियामा अनियमितता, शंकास्पद सामानको पर्याप्त परीक्षण नगरेको तथा तस्करीमा संलग्न व्यक्तिहरूसँग अस्वाभाविक सम्पर्क रहेको आरोप लगाएको छ। मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ।





