समाचार

लिखत सम्बन्धी कसूर मुद्दाका प्रतिवादी राजेशमान सिंह पक्राउ

१९ जेठ, पर्सा । लिखत सम्बन्धी कसूर मुद्दाका प्रतिवादी तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ६ः०७ बजे पर्साको ठोरी गाउँपालिका–३ स्थित ठोरी रिसोर्टबाट सिंहलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका–३ निवासी ५६ वर्षीय सिंहविरुद्ध लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।