९ जेठ, काठमाडौं । सरकारले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्ति सही भएको दाबी गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले आवश्यक परे पुनः संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले सीमा विवाद कूटनीतिक माध्यम र स्थापित संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारे।
नेपाल–भारतबीच यस विषयमा डिप्लोमेटिक नोट आदान–प्रदान भइरहेको पनि उनले जानकारी दिए।





