समाचार

गृह र प्रविधि मन्त्रालयमा नयाँ नेतृत्व, शपथ ग्रहणका लागि शीतलनिवास पुगे नवनियुक्त मन्त्रीहरू

२६ जेठ, काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत नवनियुक्त मन्त्रीहरू सुधन गुरुङ र महावीर पुन शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गुरुङलाई गृह मन्त्री तथा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारी दिइएको छ।

दिउँसो ३ बजेका लागि तय गरिएको शपथ ग्रहण कार्यक्रम निर्धारित समयभन्दा ढिलो हुने भएको छ। तयारीमा केही ढिलाइ भएपछि शपथ समारोह करिब डेढ घण्टापछि सुरु हुने जनाइएको छ।

नवनियुक्त मन्त्रीद्वय शपथका लागि शीतलनिवास पुगिसकेका छन् भने राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको अन्तिम तयारी भइरहेको छ।