ब्रेकिङ न्युज

कोशीको बजेटमा छात्रामाथि विशेष फोकस, ‘सक्षम छोरी’ कार्यक्रमका लागि ७ करोड

१ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गर्दै ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले प्रस्तुत गरेको बजेटमा उक्त कार्यक्रमका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारले यस कार्यक्रमबाट करिब २ लाख ७५ हजार छात्रा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरेको छ।

यसैगरी, सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्न १०० विद्यालयमा डिजिटल बोर्ड जडानका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। शिक्षा र खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।