राजनीति

सांसद धामीलाई हराउदै रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी भएका छन् ।

प्रतिद्वन्द्वी जनकसिंह धामीलाई पराजित गर्दै विष्ट सभापतिमा दोहोरिएका हुन् । विष्टले ३५८ मत पाउँदा धामीले १५४ मत पाएका छन् ।

प्रदेश सभापतिमा पराजित भएका धामी प्रतिनिधिसभा सदस्य हुन् । उनले कञ्चनपुर क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।