ब्रेकिङ न्युज

रास्वपाको बन्दसत्रमा पुगे प्रधानमन्त्री बालेन

९ असार, काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)पार्टीको बन्दसत्रमा पुगेका छन् ।

चितवनमा जारी रास्वपाको महाधिवेशनको बन्दसत्रमा सुरुमा बालेन उपस्थित भएका थिएनन् । उनी उपस्थित नभए पनि रास्वपाको बन्दसत्र उद्घाटन गरिएको थियो ।

रास्वपाको महाधिवेशन आइतबार चितवनमा उद्घाटन भए पनि बन्दसत्र भने प्रतिनिधि विवादका कारण ढिलो सुरु भएको हो ।