खेलकुद

फ्रान्सको स्विडनविरुद्ध सहज जित,एम्बाप्पे एकलैको २ गोल

१७ असमर, काठमाडौं । फिफा विश्वकपको उपाधि दाबेदारको रूपमा हेरिएको फ्रान्सले स्विडेनविरुद्ध सहज जित निकालेको छ ।

आज बिहान भएको राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनविरुद्ध ३–० गोल अन्तरको सहज जित निकालेको हो ।

स्विडेनविरुद्धको यो खेलमा पनि कप्तान किलियन एम्बाप्पे नायक सावित भए । उनले दुई गोल गरे । उनले ४५ र ७४औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, फ्रान्सका ब्राडली बार्कोलाले एक गोल गरे ।

अब फ्रान्सले प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।