२६ असार, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको जीवन रक्षा गर्न भारत लैजाने तयारी रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्नुहुँदै उनले हिजो राति नै भारतसँग समन्वय गरेर नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरेको बताए।
मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को नभएको उल्लेख गर्दै नेपालीको सवारीमा काठमाडौँ नगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको बताए ।
मन्त्री गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए। छानबिनका लागि महानगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।





