४ साउन, काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको एकीकृत राहत प्याकेजलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
सोमबार बसेको सरकारका सचिवहरूको बैठकले असार १८ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको उक्त प्याकेज तत्काल लागू गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई लक्षित गर्दै सरकारले तय गरेको एकीकृत प्याकेज प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। सचिवहरूको बैठकले सम्बन्धित निकायलाई निर्णय कार्यान्वयनमा आवश्यक समन्वय र पहल गर्न निर्देशन दिएको छ।
यसअघि मन्त्रिपरिषद्ले असार १८ गते शहीद परिवार र घाइतेलाई राहत, सहयोग तथा अन्य सुविधासहितको एकीकृत प्याकेज स्वीकृत गरेको थियो। अब त्यसलाई व्यवहारमा उतार्ने प्रक्रिया अघि बढाइने भएको हो।





