काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका वडा नं.१ स्थित खरीखोलामा आफ्नो १२ औं एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटन पछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तिय साक्षरता पनि अभिबृद्धि हुने कुरा प्रकाश पारे ।
बैंकले खुम्बुपासाङ ल्हामु गाउँपालिका अन्तर्गत पाँच मध्ये तीन वटा वडामा बैंकिङ सेवा प्रदान गरि सकेको र सोही गाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ । यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङल्हामु गाउपालिका,माप्यदुध कोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दालाई बैंकिङ कारोबार गर्न सहज हुने छ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गनुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्ने छ ।
बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन काउन्टर, ५१ वटा शाखा रहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा POS बाट सेवा दिइ रहेको छ । Bank of the year पाँच पटक प्राप्त गरि सकेको NIBL ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence“Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको छ भने इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A+ ल्याई स्त्तरोनन्ति गरेको छ ।





