आर्थिक

एन आई सी एशिया बैंकका ग्राहकले भाटभटेनीमा किन्दा १५% छुट

काठमाण्डौ ।एन आई सी एशिया बैंक र भाटभटेनी सुपरमार्केटबीच एन आई सी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% रकम वा अधिकतम रु. १००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले उपरोक्त छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एन आई सी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्नेछन् र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरे । आश्विन ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।