आर्थिक

प्रभु बैंकको नयाँ १९६औं शाखा कार्यालय कुरिनटारमा शुरु

काठमाण्डो । प्रभु बैंकले आफ्नो शाखा आजदेखी चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आप्mनो १९६औं शाखा कार्यालयको रुपमा कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष श्रीमती गीताकुमारी गुरुङ्गले विहान ०९ः ४५ बजे एक समारोहका बिच भएको छ ।

बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्ग प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्गपहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको भन्नु हुँदै प्रभु बैंकको सफलता कोकामना गर्दै आप्mनो मन्तव्य राखे । बैंकको कुरिनटार शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कुरिनटार शाखाकार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाहहुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुकासाथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कुरिनटार शाखा कार्यालयले महत्वपूर्ण भूमिकानिर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले गत आ. ब.मा दुई अर्ब छयासी करोड छयत्तर लाख त्रियानब्बे हजार स‘चालन मुनाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९ शाखा रहितबैंकिङ्ग सेवा तथा १५२ एटिएम मार्फत अत्याधुनिक बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।