समाचार

साँसद आलमलाई अनुसंधानका लागि न्यायाधीश गुरुङको इजलासद्वारा ७ दिन थप

रौतहट । रौतहट बम काण्डमा घाईते भएका १४ जनालाई ईटाभट्टामा जलाएको भन्ने आरोपमा आईतबार पक्राउमा परेका रौतहट क्षेत्र नम्बर २ का साँसद मो. अफ्ताव आलमलाई अनुसंधान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ । आज पुर्वमन्त्री समेत रहेका आलमलाई न्यायाधीश चित्रबहादुर गुरुङको एकल ईजलासले म्याद थप गरेको हो ।

आलम मुद्धामा दोषी ठहरिएमा सांसद पद निलम्बनमा पर्नेछ । अहिले नै छानबिन अबधिभर उनको संसदले पाउने सबै सेवासुबिधा भने बन्द भएको छ ।