पु.समाचार

महंगी/भष्टाचार आकाशिदापनि जनतालाई वेवास्ता गरेको भन्दै नेकपाका सयौं कार्यकर्ता काँग्रेस प्रवेश

काठमाडौं । नेकपाको गढ मानिने सिन्धुपाल्चौकमा सयौं नेकपा लगायतका नेता कार्यकर्तालाई काँग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले काँग्रेस प्रवेश गराएका छन् । नवप्रबेशीहरुले आफूहरु नेकपामा भएको चरम भ्रष्टाचार बढेको, बलात्कारका घटनाले महिलाहरुलाई बाँच्न पाउने अवस्थाको ग्यारेन्टी गर्न नसकेको भनदै मुलुकलाई नेकपा सरकारले दिन सक्ने गतीको सम्भावना नैं नदेखेर काँग्रेस नै बरु भरोसाको केन्द्र ठान्दै बिना शर्त काँग्रेस प्रवेश गरेको बताएका छन् ।

राप्रपाका सिन्धुपाल्चौक कोषाध्यक्ष रामकुमार तामाङ, विप्लव समूहका जिल्ला सचिवालय सदस्य एवं पूर्व जनमुक्ति सनाका प्लाटुन कमाण्डर रेशम पौडेल, नेकपासम्बद्ध युवा संघका पूर्व जिल्ला सचिव विश्वराज गुरुङ नेताहरु गोरखबहादुर कार्की, शेरबहादुर लामा, युवकध्वज सापकोटालागयत एक सयभन्दा बढी रहेको केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताए ।

नबप्रवेशीहरुले काँग्रेस सरकारका पालामा जनताले थेग्नै नसक्नेगरी महँगी नभएको, ढाड भाँचिने गरी कर नबढेको लगायतका काँग्रेस सरकारका प्रशंसा समेत गरेका थिए । पूर्बमन्त्ती समेत रहेका नेता बस्नेतले कम्युनिष्टको गढ बिस्तारै भत्किदै गएको र आगामी निर्बाचनमा काँग्रेसमय सिन्धुपाल्चौक बन्दै गएको बताए । सभापति देउवाले बिशेष रुपमा काँग्रेसमा स्वागत गर्दै काँग्रेसले उचित जिम्मेवारी दिने दाबी गरेका थिए ।