पु.समाचार

बसको ठक्करले २१ बर्षीया छात्राको निधन, गाडी जल्यो, चावाहील तनाबग्रस्त

काठमाडौं । बसको ठक्करबाट कलेजमा अध्ययनरत छात्रा श्रृष्टी पन्तको निधन भएपछि काठमाडौंको चाबाहील क्षेत्र तनाबग्रस्त भएको छ । चावाहीलको पशुपति क्याम्पसमा स्नातक अन्तिम बर्षमा अध्ययनरत २१ बर्षीय पन्तलाई गाडीले ठक्कर दिएपछि नजिकैको ओम अस्पताल लगिएपनि उनको निधन भएको प्रहरी आयुक्त कार्यालका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले पुष्टी गरेका छन् ।
आक्रोशित  विद्यार्थीहरुले बस जलाएपछि प्रहरीले बल प्रयोग गर्दै नेविसंघका राजेश श्रेष्ठ, चेतन थापामगर लगायतका विद्यार्थीलाई हिराशतमा राखेको बताईएको छ । ठप्प सवारीसाधनलाई सूचारुगर्नतिर प्रहरीले प्रयास गरिरहेको स्थानीय स्तरमा खटिएको प्रहरीले बताएको छ ।