समाचार

मौसमवीद भन्छन्ः तराईका जिल्लाहरुमा अँझै केहीदिन हुस्सु र कुहिरो हट्दैन

काठमाण्डौ । बिगत केही दिनदेखी लगातारको हुस्हु र कुहिरोको कारण तराईको जनजिवन नराम्ररी प्रभावीत भएको छ । कुहिरो अँझ हट्न सकेको छैन जसका कारण बालबालीका बृद्ध बृद्धा बढि मारमा परेका छन् ।

उक्त कुहिरे अँझ कही दिन नहने भएको छ । हुस्सु र कुहिरो शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो नहट्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलले जानकारी दिएका छन् ।

गएको बुधबार र बिहीबार बिहान लागेको हुस्सु दिउँसो केहीबेर हटे पनि आज भने दिनभर नै हुस्सु लाग्ने उनले बताए । पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना नभएको पनि उनले बताए ।

काठमाण्डौसहित देशका पहाडी भेगमा बिहान लागेको कुहिरो दिउँसो बिस्तारै हट्ने भए पनि पूर्णरुपमा घाम लाग्ने सम्भावना भने छैन । शुक्रबार बिहान पौने ६ बजेको काठमाण्डौको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जुम्लाको माइनस ७ डिग्री, दोलखाको जिरीको माइनस ३ दशमलव ५, डडेलधुराको १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियसम्म मापन गरिएको छ ।

तर तराईका कतिपय क्षेत्रको अधिकतम र न्यूनतम तापक्रम भने थोरै मात्र घटबढ भएकाले जाडो धेरै महसुस भएको मौसमविद् पोख्रेलले बताए ।