काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले नेपालमा पर्यटक संख्या बढाउन पुर्वाधारको बिकासमा सरकार लाग्नुपर्ने बताएका छन्।
नेपालमा पर्यटक बढाउन हवाई जहाजमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने तर्क गरे। आज काठमाडौंको ठमेलमा नुवाकोट रसुवा पर्यटन समाजले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल भएर यात्रा गर्ने यात्रुले आकाशमै घण्टौं जाममा बस्नुपर्ने समस्या भएकोले त्यो समस्या समाधान गर्न अरु अन्तर्राष्ट्रिय बिमानस्थलको जरुरी रहेको जिकिर गरे।
उनले नुवाकोट र रसुवा काठमाडौंको नजिक भएकै कारण बिकाशका दृस्ठिकोणले पछाडी परेको पनि दोहोर्याए। उनले नुवाकोट र रसुवालाई काठमाडौंबाट नजिक भएको फाइदा अब छोटो दुरीको पर्यटकीय गन्तव्यमा रुपान्तरण गरेर लिनुपर्ने सुझाव पनि दिए।





