काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् ।
सो क्रममा अध्यक्ष दहालले मृर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिए । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
उनले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । अध्यक्ष दाहालको सचिवालयले दुई नेताबीचको भेटघाट भएको पुष्टी गरेको छ ।
पछिललो समय बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने वा नल्याउने भन्ने बिषयमा अधयक्ष दाहाल र ओलीबीच सम्बन्ध चिसिएको थियो । एक्कासी प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली बिरामी भएर अस्पताल भर्ना भएपछि बिबाद तत्कालका लागि साम्य भएको छ । स्वस्थ्य अवस्थाबारेमात्र कुराकान्ी भएको र राजनीतिक बिबादका बारेमा भने कुराकानी नभएको दाबी प्रधानमन्त्री निकट स्रोतको दाबी छ ।





