पर्यटन/संस्कृति

निगमको वाई १२ जहाज धावनमार्गमा चिप्लियो

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ ।

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको जहाज धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो ।

जहाजमा सवार सबै व्यक्ति सकुशल रहेको र जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिईन् ।

उनले चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताईन् ।