पर्सा । प्रदेश नम्बर २ को बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाईरस संक्रमण भेटिएको छ । बीरगंजबाट नमूना संकलन गरी हेटौंडाको प्रयोगसालामा परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ भेटिएको हो । भारतबाट आएका सहित ३४ जनामा कोरोना टेष्ट गर्दा उनीहरुमा कोरोना स्रक्रमण भेटिएको हो ।
स्वास्थ्य मन्त्रालयले पुन परीक्षणका लागि शुक्रराज ट्राफिकलमा ल्याउँदा उनीहरुमा कोरोना संक्रमण भेटिएको पुष्टी भएको हो ।





