सामाजिक सञ्जाल

माहामारीका बेला आयोगमा नियुक्ती, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर: महामन्त्री खड्का

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेकपा अधयक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोनाको कहरमा नागरिकमा आतंक ब्यापक परिक्षण सामाग्रिको अभाव, ? फोरफ्रन्टका लडाका स्वास्थ्यकर्मिलाई गुणस्तरिय स्वास्थ्य सामाग्रिको अभाव ? हुनु प्रश्न चिन्ह खडा भईरहेका बेला सुकुम्बासी आयोगमा नियुक्ती गर्नु सरकारको प्राथमिकता कोरोना संक्रमण नियन्त्रणमा भन्दा नियुक्तीतिर गएको बताएका छन् ।
उनले ट्वीट गर्दै ‘कामकाज एकातिर कुम्लो बोकि ठिमी तिर’ भनेको यहि त होला होईन ? भन्दै ओली सरकारलाई प्रश्न गरेका छन् । हिजोमात्र सरकारले सुकुम्बासी आयोगमा भरतपुर महानगरमा पुष्पकमल दहाल पुत्री रेनु दहालसँग पराजित भएका देवी ज्ञवालीलाई नियुक्त गरेको थियो । उक्त नियुक्तीको सर्बत्र बिरोध भईरहेका बेला काँग्रेस महामन्त्री खड्काको प्रतिकृया आएको हो ।

ट्वीट: कोरोनाको कहरमा नागरिकमा आतंक ब्यापक परिक्षण सामाग्रिको अभाव, ? फोरफ्रन्टका लडाका स्वास्थ्यकर्मिलाई गुणस्तरिय स्वास्थ्य सामाग्रिको अभाव ?
यसैबेला सरकारको प्राथमिकता. सुकुम्वासि आयोगको गठन? वा..रे.. सरकार ?
‘कामकाज एकातिर कुम्लो बोकि ठिमी तिर’ भनेको यहि त होला होईन ?