४ बैसाख, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्रअधिकारक बिक्रेता सिप्रदी टेडिङ्गले लकडाउनको कारण ग्राहकवर्गमा पर्न गएको असरलाई मध्यनजर गर्दै टाटाकोसबै कमर्सिअल गाडीमा वारेन्टी अवधि दुई महिना थप गरेको छ । यदि टाटा कमर्सिअल गाडीेका ेवारेन्टी अवधिको म्याद १५ मार्च, २०२० भन्दा पछि सकिएको छ भने, स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ६० दिनको लागि थपग रिएको भनी जानकारी प्राप्त भएको छ ।
कम्पनिले जनाएअनुसार अहिले महामारीको रुपमा विश्वभरि फैलिदै गरेको कोरोना भाइरसको कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन नपाएको हुनाले निशुल्क वारेन्टीको अवधि बढाएको हो ।
छोटो सन्देश दिदैं सिप्रदी टेडिङ्ग प्रा.लि.का प्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “हामी हाम्रा ग्राहकहरुलाई चिन्तान लिई आफू र आफ्ना परिवारजनको ख्याल राख्नुहोस् भन्न चाहन्छौं । तपाईंको गाडीको खयाल राख्ने जिम्मेवारी हाम्रो हो । ”
यसका साथै सिप्रदीले हालै सरकारद्वारा जारी गरिएको लकडाउनको नियमपालनागर्दै आकस्मित सेवा प्रदानगर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको छ । हालसम्म २३० भन्दा बडी आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरु सेवा दिइसकेको कम्पनीले जनाएको छ । सिप्रदीका अनुसार, केही परि आएको अवस्थामा सिप्रदीको टोल फ्रीनम्बर १६६००१५५७७७NTC वा ९८०१५७५७७७Ncell मा सम्पर्क गरेर २५ स्थानबाट सेवाकालागि परिचालित कम्पनीका डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नेछन् ।
‘अहिलेको अवस्था असहज परिस्थितिहो तर पनि साहस र सावधानीका साथ सामना गर्नु पर्दछ ।हामीलाई विश्वास छ कि हामी हाम्रा सरोकारवालाहरू निम्ति जिम्मेवार एउटा संस्थाका रुपमा हरसम्भव सबै गरिरहेका छौँ । एकजुट भई हामी यो परिस्थितिका विरुद्ध लड्न सक्छौँ र यसबाट पार पाउन सक्छौँ ।आफ्नो ख्याल राख्नुहोस्, सुरक्षित रहनुहोस् ।’ सिप्रदीले भनेको छ ।




