स्वास्थ्य

एकाबिहानै ६ जनामा देखिको कोरोनाः संक्रमीतको संख्या २ सय ७३

३ जेठ काठमाडौं । नेपालमा कोरोना संक्रमीतको संख्या २ सय ७३ पुगेको छ । चितवन, पर्सा, विरगंज, वर्दिया, सर्लाहि, र सिरहामा गरेर (शनिबार) आज बिहानै थप नयाँ ६ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमीतको संख्या  २ सय ७३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार वर्दिया नार्खुका २८ वर्षका महिला, सिरहा सखुवा १९ का ३० वर्षका पुरुष, पर्सा विगंज १२ निवासी २८ र २९ वर्षका पुरुष, सर्लाहि रामनगर ४ का १८ वर्षका महिला, र चीतनव गढौलि १ का २५ वर्षका महिलामा कोरोना संक्रमण देखिएको छ ।

राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पक्षिणमा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी सिदएको छ । संक्रमीत सबैको स्वास्थ्य अवस्था सामन्य रहेको र चिकितसकको निगरानिमा रहेको सह प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।